Logo

काठमाडौं महानगरपालिका : मतगणनाको लागि सर्वदलीय बैठक सुरु



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना आजै हुने भएको छ । यसको लागि निर्णय लिन सर्वदलीय बैठक सुरु भएको छ । विभिन्न मतदान केन्द्रबाट मतपेटिका ल्याउन समय लागेको कारण मतपेटिका राष्ट्रियसभा गृहमा संकलन गरिएलगतै सर्वदलीय बैठक सुरु भएको जनाईएको छ ।

काठमाडौंमा ३ लाख २४२ मतदाता छन् । तर करिव ५२ प्रतिशत मात्र मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान छ । काठमाडौंको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंह, एमालेका उम्मेद्धवार केशब स्थापित र स्वतन्त्र उम्मेद्धवार बालेन्द्र साहबीच प्रतिष्पर्धा हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्