Logo

भरतपुर महानगरमा रेनुको अग्रता बढ्यो, विजयी सुवेदी टक्कर दिँदै



काठमाडौं, ३१ बैशाख । चितवनको भरतपुर महानगरपालिकामा मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् । अहिलेसम्म ७०० मत गणना हुँदा दाहालले २७८ मत प्राप्त गरेकी छिन् ।

उता, एमालेका विजय सुवेदीले २५८ मत ल्याएर दाहालसामू कडा टक्कर दिएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ९४ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेद्धवार चित्रसेन अधिकारी ३१७ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी राप्रपाकी हिमला गुरुङ्ग १९९ मत प्राप्त गरेकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्