Logo

अछामको ढाकरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेलाई हराउँदै कांग्रेस विजयी



काठमाडौं, २ जेठ । अछामको ढाकरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्धवार प्रकाशबहादुर साउद विजयी भएका छन्। साउदले ३१८१ मत ल्याएर विजय हाँसिल गरेका हुन् । उनले नेकपा (एमाले) का धर्मबहादुर शाहीलाई पराजित गरेका हुन्। शाहीले भने २५५५ मत प्राप्त गरे।

त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकी नेत्रकला देवी शाही विजय भईन् । उनले ३१०० मत प्राप्त गरिन् । उता, उपाध्यक्षमा पराजित एमालेकी मायादेवी बुढाले भने २५७३ मत प्राप्त गरिन्।



प्रतिक्रिया दिनुहोस्