Logo

मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमालेका हिदम लामा विजयी



काठमाडौं, २ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) विजयी भएको छ ।

एमालेका उम्मेद्धवार हिदम लामा ५५९१ मत ल्याई विजयी भएका हुन् ।

उनीसँग नेकपा (माओवादी केन्द्र) का बद्रीबहादुर स्याङ्तान पराजित भएका छन् । स्याङ्तानले ५२०९ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सञ्जिव श्रेष्ठले जितेका छन् ।

उनले ५३१५ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेकी पार्वती रानाले ५२९९ मत ल्याईन् ।



प्रतिक्रिया दिनुहोस्