Logo

सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)



सिन्धुली, जेठ ३ । जिल्लाका नौ स्थानीय तहका ४१ वटा वडाको मतगणना सकिएको छ । ७९ वडा रहेको जिल्लामा मतगणना सकिएका वडामा नेकपा माओवादी केन्द्रले १८, नेपाली कांग्रेसले १७ र नेकपा एमालेले नौवटा वडामा जित हासिल गरेका छन ।

जिल्लामा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र चुनावी प्रतिस्पर्धामा रहेका थिए । कांग्रस र माओवादीको गठबन्धन रहेको थियो भने नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको थियो । कमलामाई नगरपालिकामा तीनवटा वडाको मत परिणाम आइसकेको छ । दुधौली नगरपालिकाको पाँचवटा वडाको मत परिणाम आयो । तिनपाटन गाउँपालिकामा १० वटा वडाको मत परिणाम आइसकेको छ ।

यस्तै, फिक्कल दुईवटा, सुनकोसीका तीनवटा वडा, गोलन्जोरका पाँचवटा वडा, मरिणका तीनवटै वडा, ध्याङलेख गाउँपालिकाको पाँचवटा वडा, हरिहरपुरगढीका तीनवटा वडाको मत परिणाम आइसकेको छ ।

मत परिणामअनुसार नेकपा एमाले गठबन्धनलाई हराउँदै कमलामाई नगरपालिका–३, तिनपाटन गाउँपालिका– १ र ५, हरिहरपुरगढी गाउँपालिका–१, दुधौली नगरपालिका–२, फिक्कल गाउँपालिका–२, गोलन्जोर गाउँपालिका–५, मरिण गाउँपालिका–४ र ध्याङ्लेख गाउँपालिका ३ मा विजयी भएको छ ।

यस्तै, नेपाली कांग्रेसले कमलामाई नगरपालिका–१, दुधौली नगरपालिका– १, ३, मरिण गाउँपालिका–२, तिनपाटन गाउँपालिका– २, ३, ४, ७, ८, ९, १० र ११, गोलन्जोर गाउँपालिका ४ र २, सुनकोसी गाउँपालिका १ र २ ध्याङ्लेख गाउँपालिका–४ मा जित हात पारेको छ ।

यसैगरी नेकपा माओवादीकेन्द्रले कमलामाई नगरपालिका– २, ध्याङलेख गाउँपालिका– १, २ र ५, दुधौली नगरपालिका– १२, १३ र १४, मरिण गाउँपालिका– १, २, ३, ५, ६ र ७ हरिहरपुरगढी गाउँपालिका ३ र ६, गोलन्जोर गाउँपालिका– १ र ३, फिक्कल गाउँपालिका १ मा जित हात पारेको छ । जिल्लाका नौवटै स्थानीय तहमा मतगणना जारी छ ।



प्रतिक्रिया दिनुहोस्