Logo

काठमाडौं महानगरको मतगणना अपडेट : बालेन शाहभन्दा ६११८ मतले पछि परे केशब स्थापित



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन्द्र शाहले मतान्तर फराकिलो कायम गरेका छन् । शाहले १३ हजार २ सय ६४ मत ल्याउँदा एमालेका उम्मेद्धवार केशब स्थापितले ७ हजार १ सय ४६ मत ल्याएका छन्। शाह र स्थापितबीच ६ हजार १ सय १८ मतको अन्तर छ ।

उता, नेपाली कांग्रेसकी मेयरकी उम्मेद्धवार सिर्जना सिंहले ६ हजार २ सय ८७ मत प्राप्त गरेकी छिन् । अहिलेसम्म ३४ हजार ३ सय ८२ मत गणना भएको छ । शाहले सुरुदेखि नै अग्रता कायम गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्