Logo

रेनु दाहालले एमालेका विजय सुवेदीलाई निकै पछि पारिन्, उपमेयरमा कांग्रेसका अधिकारी धेरै अघि



काठमाडौं, ५ जेठ । भरतपुर महानगरपालिकाको मतगणना जारी छ । मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । अहिलेसम्म ४७ हजार ५ सय ११ मत गणना भएको छ ।

दाहालले १७ हजार ९ सय ७२ मत ल्याएकी छिन् । उता, एमालेका उम्मेद्धवार विजय सुवेदीले १४ हजार ६ सय ४७ मत ल्याएका छन् । दाहाल र सुवेदीबीच ३३२५ मतको अन्तर छ । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले ७ हजार २ सय २३ मत पाएका छन् ।

उता, उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले फराकिलो अग्रता बनाएका छन् । उनले २० हजार ५ सय २१ मत ल्याउँदा राप्रपाकी उम्मेद्धवार हिमला गुरुङले ११ हजार ६ सय ३७ मत प्राप्त गरेका छन् । उनीहरुबीच ८ हजार ८ सय ४८ मतको अन्तर छ ।



प्रतिक्रिया दिनुहोस्