Logo

संरक्षण हुन नसकेको चिसापानी गढीमा पर्यटनमन्त्रीको चासो, गणेशमानलाई राखेको जेलको बिजोग



काठमाडौं । संरक्षणको अभावमा रहेको चिसापानी गढीको विषयमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले विशेष चासो दिएका छन् । मकवानपुर जिल्लामा भीमफेदी गाउँपालिकामा पर्ने चिसापानी गढी धार्मिक र ऐतिहासिक महत्त्व बोकेको छ ।

यो गढी संरक्षणमा राज्यको ध्यान पुगेको छैन । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री श्रेष्ठले भने यो चिसापानी गढीलाई संरक्षण गर्ने विषयमा विशेष चासो दिएका छन् । अंग्रेज फौजलाई हराएको गढीका रुपमा चर्चा हुँदै आएको चिसापानी गढी संरक्षणको अभावमा देखिन्छ ।

सर्वमान्य नेता लौह पुरुष वीर गणेशमान सिंहलाई राखिएको खुला जेल पनि अहिले अलपत्र अवस्थामा रहेको पाइन्छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको चिसापानी गढी पुगेर पर्यटनमन्त्री श्रेष्ठले यसलाई संरक्षण गर्ने विषयमा राखेका हुन् । पुरातत्त्व विभागलगायतले स्वीकृति दिए चिसापानी गढीको संरक्षणमा आफू लाग्ने उनको भनाइ छ ।

मकवानपुरको हरिहर, ढुंगेसहित चिसापानी गढी पनि धार्मिक तथा सांस्कृतिक पर्यटनको हिसाबले महत्त्वपूर्ण ठाउँ हो । गढीभित्र रहेको बटुक भैरव मन्दिर अर्को प्रख्यात कुरा हो तर राज्यको ध्यान नपुग्दा चिसापानी गढी ओझेल परेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्