Logo

भरतपुर महानगरको पछिल्लो अपडेट : विजय सुवेदीभन्दा रेनु दाहाल ३१८५ मतले अघि



काठमाडौं, ६ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । अहिले दिउँसो २ः४३ बजेसम्मको अपडेटअनुसार दाहालले एमालेका उम्मेद्धवार विजय सुवेदीभन्दा ३१८५ मतले अग्रता बनाएकी छिन् । अहिलेसम्म ५८१३४ गणना भएको छ ।

दाहालले २१ हजार ९ सय ६४ मत पाउँदा सुवेदीले १८ हजार ७ सय ७९ मत ल्याएका छन् । उता, स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ८ हजार २ सय २३ मत ल्याए ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार २ सय ८८ मत ल्याएर अग्रता फराकिलो बनाएका छन् । राप्रपाकी हिमला गुरुङले १४ हजार ८ सय ४६ मत प्राप्त गरेकी छिन् । अहिले वडा नम्बर ११ मा गणना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्