Logo

हामीले प्रचण्डलाई प्रधानमन्त्री बन्न कुनै प्रस्ताव गरेको छैन् : विष्णु पौडेल



काठमाडौं, ७ जेठ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनको परिणामबाट आफूहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता पौडेलले पाँच दलीय गठबन्धनको विरुद्धमा पार्टी एक्लै चुनावमा होमिएको र अहिले प्राप्त मत सन्तोषजनक रहेको दाबी गरे ।

आगामी प्रदेश र संघको निर्वाचनमा पनि एमालेले कसैसँग पनि तालमेल वा गठबन्धन नगर्ने उनले स्पष्ट पारे । एमाले अहिलेको निर्वाचनको परिणामबाट पनि कमजोर नभएको उनको दाबी छ । नेता पौडेलले आफूहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउनको लागि कुनै प्रस्ताव नगरेको स्पष्ट पारे ।

पछिल्लो समय प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमाले नेतृत्वले प्रस्ताव गरेको चर्चा चलेको थियो । यही सन्दर्भमा नेता पौडेलले आफूहरुको तर्फबाट कसैलाई पनि प्रधानमन्त्री बनाउनको लागि प्रस्ताव नगरेको र यो सबै अफवाहमात्रै भएको दाबी गरे । उनले आगामी कुनैपनि निर्वाचनमा पनि माओवादी केन्द्रसँग कुनै तालमेल वा गठबन्धन नगर्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्