Logo

बलात्कारको आरोप लागेका मनोज पाण्डे पक्राउ परे



काठमाडौं, ७ जेठ । एक युवतीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् । उनलाई प्रहरीले आज (शनिबार) अपरान्ह पक्राउ गरेको हो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी स्वयम्भुबाट पक्राउ परेको जनाईएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो। एक किशोरीले ८ वर्षअघि पाण्डेले आफूलाई बलात्कार गरेको घट्ना सोसल मिडियामार्फत सार्वजनिक गरेपछि दोषीलाई कारबाही गर्न आवाज उठेको थियो । आजमात्रै पनि काठमाडौंको माइतीघरमा बृहत्त विरोध प्रदर्शन गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्