Logo

प्रचण्ड भेट्न अमेरिकी राजदूत खुमलटारमा



काठमाडौं, २६ जेठ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेका छन् । अहिले राजदूत बेरी र अध्यक्ष दाहालबीच भेटवार्ता जारी छ ।

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिन चारदिने औपचारिक भ्रमणका लागि आजे (बिहीबार) नेपाल आउँदै छन् । त्यसकै तयारीका लागि राजदूत प्रचण्डसँगको भेटवार्तामा सरिक भएको जनाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला फ्लिनको चार दिने नेपाल भ्रमण हुन लागेको हो । file photo



प्रतिक्रिया दिनुहोस्