Logo

गृहमन्त्री खाँणको कामबाट प्रधानमन्त्री देउवा प्रसन्न, गठबन्धनका शीर्ष नेताले पनि गरे प्रशंसा



काठमाडौं, २७ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो क्याविनेटमा रहेका मन्त्रीहरुमध्ये गृहमन्त्री बालकृष्ण खाँणको कामबाट निकै खुशी भएका छन् । प्रधानमन्त्री देउवाले मन्त्री खाँणले नियुक्त भएदेखि आजसम्म कुनै पनि खोट नआउनेगरि आफ्नो कार्यकौशलता देखाएको भन्दै उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । पछिल्लो समय मन्त्रीहरु हेरफेरको चर्चा चलिरहेको बेला प्रधानमन्त्री देउवाले भने गृहमन्त्री खाँणको खुलेर प्रशंसा गरेका हुन् ।

हिजो बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकमा समेत गृहमन्त्री खाँणको चर्चा चलेको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गृहमन्त्री खाँणको भूमिकालाई लिएर सन्तोष व्यक्त गरेका थिए ।

खासगरी पाँच दलीय गठबन्धन बलियो बनाउनको लागि पनि खाँणले सकारात्मक भूमिका निर्वाह गर्दै आएका छन् । र, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि शान्ति, सुव्यवस्था मजबुद बनाएको र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेकोमा गठबन्धनका शीर्ष नेताहरुले गृहमन्त्री खाँणको प्रशंसा गरेका थिए ।

अहिले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउनको लागि पनि खाँणले सबै शीर्ष नेताहरुसँग छलफल तथा परामर्श थालेका छन् । उनी कुनैपनि काम छलफल र आपसी समझदारीबाट नै फत्ते गर्न माहिर छन् । सबैको मन जितेर काम गर्ने भएकोले पनि उनलाई सत्तापक्षका नेतादेखि विपक्षी दलका नेताहरुले पनि रुचाएका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले मन्त्रीहरु हेरेफर गर्ने भन्दै प्रधानमन्त्री देउवासामू नाम प्रस्ताव गरिसकेको छ ।यसको प्रभाव अन्य दलमा पनि देखिएको छ । तर, नेपाली कांग्रेसले भने तत्काल मन्त्रीहरु नफर्ने भएको छ । बरु, आफ्नो नेतृत्वमा रहेको रक्षा मन्त्रालयमा भने नयाँ अनुहार ल्याउनेगरि प्रधानमन्त्री देउवाले तयारी थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्