Logo

तरुण दलका अध्यक्ष गुरुङले जारी गरे तीन बुँदे परिपत्र



काठमाडौं, ३१ जेठ । नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । तरुण दलका अध्यक्ष विद्वान गुरुङले मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको उल्लेख गर्दै सबै जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र जारी गरेका हुन् ।

प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सवै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने र गराउन उनको निर्देशन छ । सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरुको तत्काल उद्धार र व्यवस्थापनमा लाग्न परिपत्रमा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्