Logo

अर्थमन्त्री शर्माविरुद्ध एमालेले अनावश्यक आरोप लगाएको भन्दै बचाउमा उत्रिन प्रचण्डको निर्देशन



काठमाडौं, १ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अर्थमन्त्री जनार्दन शर्मामाथि अनावश्यक आरोप लगाईएको भन्दै उनको बचाउमा उत्रिएका छन् । प्रचण्डले अर्थमन्त्री शर्मामाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अनावश्यक आरोप लगाएको भन्दै आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरुलाई त्यसको खण्डन गर्न निर्देशन दिएका छन् ।

नेता मात्रिका प्रसाद यादवले पनि अर्थमन्त्री शर्माले धेरै नै राम्रो काम गरेको र जनमुखी बजेट ल्याएको देख्न नसक्नेहरुले अनावश्यक हल्ला फैलाएको र गलत आरोप लगाएको पार्टीको निश्कर्ष निकालेको बताए । अर्थमन्त्री शर्मामाथि बजेट बनाउने बेला असम्बन्धित व्यक्तिहरुलाई संलग्न गराएको र करको दर हेरफेर गरेको आरोप छ ।

तर, अर्थमन्त्रालय र स्वयम मन्त्री शर्माले पनि यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । एमाले सांसदहरुले त अर्थमन्त्री शर्माले तत्काल राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्नेसम्मको माग राखेका छन् ।

तर, अध्यक्ष प्रचण्डले भने अर्थमन्त्री शर्मामाथि लगाईएको आरोपमा कुनै सत्यता नभएको भन्दै शर्माको बचाउ गरेका छन् । उनले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई समेत अर्थमन्त्री शर्मामाथि लागेको आरोपको खण्डन गर्न निर्देशन दिएका छन् । यसअघि पार्टीले अर्थमन्त्री फिर्ता बोलाउन लागेको भन्ने समाचारको पनि दाहालले खण्डन गरेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्