Logo

एमालेको अवरोधकै बीच विनियोजन विधेयक २०७९ पारित (फोटोफिचर)



काठमाडौं, २ असार । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७९ पारित गरेको छ । आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक २०७९ पारित गरेको हो । बजेटमाथि उठेका सवालको जवाफ दिन खोज्दा अर्थमन्त्रीको जवाफ अनावश्यक रहेको र बजेट निर्माण अनधिकृत व्यक्तिको हस्तक्षेपबारे छानबिन नभएको भन्दै एमालेले संसद बहिष्कार गरेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने क्रममा एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए । एमाले सांसदको अवरोधको बेवास्ता गर्दै अर्थमन्त्री शर्माले जवाफ दिएका थिए । अर्थमन्त्रीको जवाफ सकिनासाथ एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षको विरोधलाई बेवास्ता गरिएको भन्दै संसद बहिष्कारको घोषणा गरेका हुन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्