Logo

संसद्मा सुवास नेम्वाङसँग किन जंगिए प्रधानमन्त्री देउवा



काठमाडौं, २ असार । प्रतिनिधिसभाको आजको बैठकमा रोचक दृश्य देखिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

तर, प्रधानमन्त्री देउवा भने संसद् बैठकमा उपस्थित् भएनन् । उनको सट्टा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएका थिए। सांसदहरुले प्रधानमन्त्री देउवालाई खोजेका थिए । यो बीचमा प्रधानमन्त्री देउवा दुई वटा कार्यक्रममा सहभागी भएका थिए । उनी एनआरएनएको कार्यक्रममा सहभागी भएर ढिलोगरि संसद्मा पुगेका थिए ।

बैठक हलमा प्रवेश गर्दा भने रोचक दृश्य देखियो । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग रिसाएर कुरा गरेकोजस्तो देखिन्थे । उनीहरुबीच के कुराकानी भयो ? त्यो एकिन छैन् । तर, प्रधानमन्त्री देउवा नेम्वाङसँग असन्तुष्ट देखिन्थे ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्