Logo

बाजुराको बुढीगंगा नगरपालिकामा असार २३ गते निर्वाचन हुने



काठमाडौं, २ असार । बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ गते पुनः निर्वाचन हुने भएको छ ।

पूनः निर्वाचनबारे आज सर्वदलीय सहमति जुटेको हो ।

वैशाख ३० गते भएको निर्वाचनमा एमाले र कांग्रेसबीच विवाद भएको थियो ।

निर्वाचन आयोगले विवादकै बीच पूनः मतदान हुने निर्णय गरेको थियो ।

बिहीबार बसेको सर्वदलीय बैठकमा असार २३ मा पुनः निर्वाचन गर्ने सहमति बनेको हो ।

बाजुरा एमाले नेता कर्णबहादुर थापा र महान्यायाधिवक्ता खम्मबहादुर खातीको गृहजिल्ला हो ।

खाती प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र समेत हुन् । बाजुरामा थापा र खातीबीच प्रतिष्पर्धा छ ।



प्रतिक्रिया दिनुहोस्