Logo

एसपीपीबारे विवाद बल्झिएको बेला विप्लवनिकट विद्यार्थी संगठनले निकाल्यो राँके जुलुश (फोटोफिचर)



काठमाडौं, २ असार । काठमाडौंमा एसपीपीमा नेपाल सहभागी हुन लागेको भन्दै विरोध तथा आलोचना भैरहेको बेलामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आज काठमाडौंमा राँके जुलुश निकालेको छ।

उक्त संगठनमा आवद्ध विद्यार्थीहरुले बागबजारस्थित् पिके क्याम्पसदेखि भक्तपुर बसपार्कसम्म राँके जुलुश निकालेका थिए । सो क्रममा उनीहरुले एसपीपीमा नेपाल कुनै पनि हालतमा सहभागी हुन नहुने बताएका थिए । सो संगठनले यसअघि एमसीसी सम्झौताको विरोधमा पनि आन्दोलन गर्दै आएको थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्