Logo

उडान नगर्ने वायुसेवा कम्पनीहरुको लाइसेन्स खारेजी गर्ने चेतावनी



काठमाडौं, ७ असार । नागरिक उड्ययन प्राधिकरणले हवाई उडान बन्द गरे विमान सञ्चालन कम्पनीका मालिकलाई कारबाही गर्ने भएको छ। आज (मंगलबार) वायुसेवा सञ्चालनक संघले पत्रकार सम्मेलन गरेर भोलि बुधबारबाट आन्तरिक उडान बन्द गर्ने निर्णय गरेसँगै प्राधिकरणले भने वायुसेवा सञ्चालकहरुलाई कडा कारबाही गर्ने तयारी गरेको छ।

संस्कृत, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेकै निर्देशनमा प्राधिकरणले उडान बन्द गरे वायुसेवा सञ्चालकहरुलाई जेल हाल्नेसम्मको तयारी गरेकोछ । अहिले वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापा प्राधिकरणको निशानामा छन् । हवाई उडान बन्द गर्नु अपराध हुने भन्दै प्राधिकरणले आफ्नो ऐन तथा नियमबमोजिम उडान बन्द गर्ने वायुसेवा सञ्चालकहरुलाई कारबाही गर्न लागेको हो । यसको लागि प्राधिकरणले सञ्चालकहरुलाई पक्राउ गरी आवश्यक कारबाही गर्नेसम्मको तयारी गरेको छ।

हवाइ उडान ठप्प पारे सुरुमा संघका अध्यक्ष थापालाई पक्राउ गर्ने प्राधिकरणको तयारी छ । त्यस्तै, प्राधिकरणले उडान बन्द गर्ने वायुसेवा कम्पनीहरुको लाईसेन्ससमेत खारेज गर्ने तयारी गरेको छ। मन्त्री प्रेम आलेले पनि उडान बन्द गर्ने वायुसेवा कम्पनीहरुको वायुसेवा सञ्चालन अनुमति (एओसी) खारेज गर्नको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको जनाए ।



प्रतिक्रिया दिनुहोस्