Logo

चुनावको मिति घोषणा गर्नेगरि गठबन्धनका शीर्ष नेताहरु छलफलमा



काठमाडौं, ८ असार । सत्ता गठबन्धनका शीर्ष नेताहरु संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्नेगरि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

आजको बैठकमा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको छ । गठबन्धनका शीर्ष नेताहरुले सिट संख्या बाँडफाँडबारे पनि छलफल गर्ने बताईएको छ । file photo



प्रतिक्रिया दिनुहोस्