Logo

विप्लवनिकट अनेरास्ववियु (क्रान्तिकारी) को चौथो बैठकका निर्णय सार्वजनिक, वैज्ञानिक समाजवाद निर्माणको लागि अभियान चलाउने



संसदीय व्यवस्था फाल्न जीवन र मरणको संघर्षमा उत्रिन्छौं : अध्यक्ष प्रकाश शाही
‘सिंहदरबारमा विक्रि भएको विद्यार्थी आन्दोलन सडकमा ल्याउछौं’ : महासचिव ललित बिक

काठमाडौं, १३ असार । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले यही असार ११ र १२ गते बसेको संगठनको चौथो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । अध्यक्ष प्रकाश शाहीको अध्यक्षता र पार्टी प्रवक्ता प्रकाण्ड प्रमुख अतिथि, पार्टी केन्द्रीय सदस्य तथा फ्याक्सन ईन्चार्ज चिरन पुन ‘मिलन’ तथा संगठनका सल्लाहकार चिरञ्जीवी ढकालको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त बैठकले वैज्ञानिक समाजवाद स्थापनाको लागि बहस तथा छलफल अघि बढाउने निर्णय गरेको छ ।

बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने पनि निर्णय लिएको छ । यस्तै, समान, निःशुल्क वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामूदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने अर्को महत्वपूर्ण निर्णयले बैठकले लिएको जनाईएको छ ।

संगठनका अध्यक्ष प्रकाश शाहीले युवामा देखिएको लागुऔषध दुव्र्यसनी र प्रतिभा पलायनविरुद्ध अभियान सञ्चालन गर्ने जनाए । निजी विद्यालयहरुले प्रत्येक वर्ष फेर्ने पाठ्यक्रम र सरकारी तथा सामूदायिक विद्यालयमा भइरहेको पाठ्यपुस्तक अभावबारे पनि संघर्ष गर्ने बैठकको निर्णय रहेको शाहीले सुनाए ।

पछिल्लो समय आफूहरु दलाल, भ्रष्टहरुको विरुद्धमा सशक्त आन्दोलनमा उत्रिएको स्मरण गराए । उनले भने,‘हाम्रो ार्टीले भूमाफिीयाविरुद्ध, भ्रष्ट मन्त्रीहरुको विरुद्धमा आन्न्दोलनको नेतृत्व गरेको थियो । सरकारले दबाबस्वरुप हाम्रो पार्टीसँग तीन बुँदे सम्झौता गर्यो । त्यो सम्झौताले नेपाली राजनीतिक समस्यालाई शान्तिपूर्ण तवरले समाधान गर्ने बाटो तय गरेको थियो । सहमतिअनुसार हाम्रा नेता तथा कार्यकर्ताहरुमािथ लगाईएका झुटा मुद्दा खारेज गर्ने कुरा थियो । तर, अहिले सरकारले सहमति कार्यान्वयन गरेन ।’

शाहीले अहिलेको सरकारले देशमा तमाम विकृति र विसंगतिको चाङ थोपरेको आरोप लगाए । उनले सदनबाट एमसीसी पास हुँदै गर्दा आफ्नो पार्टी सडकमा उत्रिएको स्मरण गराए । उनले भने,‘भ्रष्टाचार र विकृतिको विरुद्धमा हाम्रो पार्टी र संगठन जीवन र मरणको संघर्ष गर्ने घोषणा गरिसकेको छ, हामी यो देशमा वैज्ञानिक समाजवाद खडा गरेरै छाड्छौं ।’

त्यस्तै, संगठनले वैज्ञानिक समाजवादी शिक्षाको अवधारणाबारे सरोकारवाला सबैको सहभागितामा अन्तरक्रिया गर्नेबारे पनि संगठनको हालैको बैठकले निर्णय लिएको शाहीले सुनाए ।बैठकले लिएका निर्णयहरुमा सरकारी क्याम्पसहरुमा जागिर खाएर निजी कलेज तथा क्याम्पस सञ्चालन गर्नेविरुद्ध संघर्ष गर्ने, सवदेशी सम्बन्धन प्राप्त कलेजहरुलको भर्ना, विद्यार्थी कोटा, शुल्क र आवश्यक मापदण्डबारे शिक्षा मन्त्रालयसँग छलफल गर्ने, मेडिकल शिक्षाको शुल्क, भर्ना प्रक्रियामा चिकित्सा शिक्षा आयोगले गरेको ढिलाईबारे सम्बन्धित निकायको ध्यानाकार्षण गरिने रहेका छन् ।

राज्यको संरक्षणमा गरिएको प्राकृतिक श्रोत र सधानको अनियन्त्रित दोहनबारे जागरण आन्दोलन गर्ने, देशमा भैरहेको राष्ट्रघात र जनताको विरुद्ध संघर्ष सञ्चालन गरिने, एमसीसी र एसपीपी विरुद्ध संघर्ष गर्ने अन्य निर्णय रहेका छन् ।

यस्तै, देशमा विद्यमान महँगी, कालोबजारी, भ्रष्टाचार, मिटर ब्याजी र अनियमिताविरुद्ध जनताको पक्षमा संघर्ष सञ्चालन गर्ने पनि संगठनको अर्को निर्णय रहेको छ । यस्तै थप निर्णयमा पर्यावरण सम्बद्र्धनका लागि देशव्यापी वृक्षारोपण अभियान सञ्चालन गरिने, पेट्रोलियम पदार्थको विकल्प र नेपालमा विद्युत र हाईड्रोजन उर्जाको विकासबारे व्यापाक छलफल, बहस र अन्तरक्रिया गर्ने रहेका छन् ।

बैठकले संगठनमा रिक्त रहेको महासचिव, सचिव तथा कोषाध्यक्षमा पदमा क्रमशः ललित विक, प्रकाश जप्रेल र प्रितिमा चौधरीलाई चयन गरेको छ । बैठकले आगामी तीन महिनासम्म पार्टीको नवौं महाधिवेशन केन्द्रित विद्यार्थी अभियान सञ्चालन गर्ने अर्को महत्वपूर्ण लिएको छ ।

कार्यक्रममा संगठनका नवनियुक्त महासचिव ललित बिकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउनेगरि काम गरिने सुनाए । उनले भने,‘केही साथीहरु प्लायन हुनुभयो । संगठन अजंगको पहाड हो । ९० लाख विद्यार्थीहरुको नेतृत्व गर्ने संगठन हो । केही नेताहरुको विचलनले केही फरक पर्दैन् । जनताका दैनिक जीवनसँग जोडिएका महँगीविरुद्ध हामी आन्दोलनमा उत्रिन्छौं ।’ उनले नेपालको सिंहदरबारमा विक्रि भएको विद्यार्थी आन्दोलन सडकमा ल्याउनेपनि घोषणा गरे ।

यस्तै, कोषाध्यक्षमा चयन भएकी प्रितिमा चौधरीले आफूहरुले विद्यार्थी आन्दोलनलाई अझै सशक्त बनाएर लैजाने विश्वास दिलाईन् । उनले भनिन्–‘हामीले विगत लामो समयदेखि शैक्षिक माफियाविरुद्ध संघर्ष गर्यौं । हामीले लिएका निर्णय कार्यान्वयन गरेका छौं, अहिले बैठकले लिएका निर्णय जनपक्षीय र दुरगामी महत्वका छन्, यसको कार्यान्वयनको लागि आजैबाट सक्रिय हुनेछौं ।’

चौधरीले नेपालमा नेकपा रहुञ्ज्ेलसम्म देश र जनताको अहितमा हुने सबैखाले गतिविधिको विरुद्धमा संघर्ष जारी रहने पनि बताईन् । उनले राष्ट्रियता र स्वाधिनताको निम्ति संगठन अग्रगामी मोर्चामा उभिने स्पष्ट पारिन् । उनले एकीकृत जनक्रान्तिमार्फत देशमा वैज्ञानिक समाजवाद लागु गर्ने पनि प्रण गरिन् ।

यस्तै, नवनियुक्त सचिव प्रकाश जप्रेलले आफ्नो पार्टी र संगठनले निरन्तर जनपक्षीय काम गरेको र सरकारले गरेका गलत निर्णयको विरुद्धमा आन्दोलन गरेको स्मरण गराए । उनले एमसीसीको नाममा संसदवादी दलहरु अमेरिकी ललिपपमा फसेको तर आफ्नो पार्टीले भने जीवनमरणको संघर्ष गरेको सुनाए । उनले आगामी दिनमा एमसीसी खारेजीको लागि सशक्त संघर्ष जारी राख्ने विश्वास दिलाए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य चिरन पुनको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्