Logo

प्रेम आले विदा भएपछि पर्यटन मन्त्रालयमा खुशियाली, अश्लिल बोलीले हैरान थिए कर्मचारी



काठमाडौं, १३ असार । नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीहरु हेरफेर गरेको छ । यसअघि मन्त्री भएकाहरुमध्ये सबैभन्दा धेरै चर्चामा थिए–प्रेम आले । उनले ८ महिना २० दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्व गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पूनर्गठन गर्नुअघि सिंहदरबारमा हिजो (आइतबार) अपरान्ह आलेले पत्रकार सम्मेलन गरेका थिए । सो क्रममा उनले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाएका थिए ।

उनले आफूलाई ९० प्रतिशत अंक दिनसम्म भ्याए । र, आफूलाई बाघको संज्ञासमेत दिएका थिए । मन्त्री बनेदेखिनै आले सधैं चर्चाको शिखरमा रहे । आफूले लिएको निर्णय र सर्वसधारणदेखि विभागीय प्रमुखसम्मलाई गालीगलौजमा उत्रिनसम्म भएका आले सुरुदेखि ने विवादित थिए । प्रायः सार्वजनिक कार्यक्रममा आफूले देश र जनताको अहित हुनेगरि एउटा पनि काम नगर्ने र गरेको पाए एक सेकेण्डपनि कुर्सीमा नबस्ने घोषणा गरेका थिए ।

तर, पर्यटन मन्त्रालयबारे जानकारहरु भने आलेले बाहिर एउटा कुरा गर्ने अनि भित्री रुपमा भने आफूलाई लाभहानी हेरेर निर्णय लिएको दाबी गर्छन् । आलेले आफूलाई फाईदा हुनेगरि थुप्रै निर्णय लिएको मन्त्रालयनिकट स्रोतको दाबी छ । हिजोबाट आले विदा भएपछि अहिले मन्त्रालयका कर्मचारी खुशी भएका छन् ।

महिला होस वा आफूभन्दा सम्मानित व्यक्ति, सानो होस वा ठूलो सबैसँग उनी गालीगलौजमा उत्रिने गरेको र आजबाट कान शान्त भएको ती कर्मचारीहरुको मुखबाट गाईँगुईँ निस्किन थालेको छ । अहिले पर्यटन मन्त्रालयको नेतृत्व समाजवादीकै जीवनराम श्रेष्ठले सम्हालेका छन् । श्रेष्ठ परिपक्व र शालिन व्यक्तित्वको धनी भएकोले कुनै विवादित काम नगर्नेमा कर्मचारीहरु ढुक्क छन् । श्रेष्ठले आफ्नो राजनीतिक जीवनको यात्रा वडाअध्यक्षदेखि मन्त्रीसम्मको तय गरिसकेका छन् । उनी अनुभवी राजनीतिज्ञको रुपमा परिचित छन् । file photo



प्रतिक्रिया दिनुहोस्