Logo

खानाको एलर्जी भएका मानिसलाई कोभिड–१९ संक्रमणको जोखिम न्यून: अध्ययन



एजेन्सी, न्युयोर्क, १५ असार : खानाको एलर्जी भएका मानिसहरूलाई कोभिड–१९ निम्त्याउने सार्स–कोभ–२ भाइरसबाट संक्रमित हुने सम्भावना कम हुन सक्ने एउटा नयाँ अनुसन्धानले देखाएको छ ।
जर्नल अफ एलर्जी एन्ड क्लिनिकल इम्युनोलोजीमा प्रकाशित उक्ते अध्ययनअनुसार स्वयं–रिपोर्ट गरिएको र चिकित्सकले निदान गरेको खाना एलर्जीले सार्स–कोभ–२ को संक्रमणको जोखिम आधा घटाउँछ । यस्तो एलर्जीबाट अमेरिकामा ३ करोड २० लाख मानिस प्रभावित छन् ।
‘सामान्यतया जब तपाइँ जटिल रोग र संक्रमणले कसरी काम गर्दछ भनेर अध्ययन गर्नुहुन्छ, त्यहाँ जनसंख्याको केही हिस्सा कम संवेदनशील हुन्छन्’, नेशनल यहुदी स्वास्थ्यका अनुसन्धानकर्ता तथा प्रमुख अध्ययन लेखक म्याक्स सेबोल्ड भन्छन् ।
 
दम भएका मानिसलाई पनि भाइरस समात्ने सम्भावना धेरै नहुने उक्त अध्ययनले देखाएको छ । यसअघि गरिएकाे अध्ययनले दम रोगीलाई कोभिडको जोखिम हुने देखाएकाे थियाे ।
 


प्रतिक्रिया दिनुहोस्