Logo

ऋषि धमलाको कार्यक्रममा वामदेवको प्रतिबद्धता-अब कोही नेतालाई पनि गाली र अपमान गर्दिनँ (भिडिओसहित)



काठमाडौं, १५ असार । नवगठित पार्टी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पाँच दलीय गठबन्धन समयको आवश्यकत्ताले बनेको भन्दै आफूले अहिले गठबन्धन भत्काउनको लागि कुनै प्रयत्न नगर्ने बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले केपी ओलीको निरंकुशता उहिल्यै अन्त्य गरेको घोषणा गरे । उनले कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको भन्दै यसको लागि आफूले पहलकदमी लिने जनाए ।

तर, यसको लागि पाँच दलीय गठबन्धन भत्काउनको लागि प्रयत्न नगर्ने उनको भनाई छ । उनले सरकार चलाउने ठाउँमा कम्युनिष्टहरु मिलेर जानुपर्ने बताए । उनले आफूले नेपाली कांग्रेससँग सधैंभरि सहकार्य गर्नुपर्ने भनेर भनिरहेको सुनाए ।

उनले अब कोही पनि नेतालाई गाली र अपमान नगर्ने सुनाए । यद्धपी आफूले यसअघि पनि कोही नेतालाई वा कसैलाई पनि अपमान भने नगरेको गौतमले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्