Logo

उपेन्द्र यादवबारे जेपी गुप्ताको कठोर टिप्पणी-आज पर्यन्त मुर्खहरुले उनीसँग लागेर आफ्नो समय बर्बाद गरे



काठमाडौं, १८ असार । पूर्वमन्त्री जेपी गुप्ताले जसपाका अध्यक्ष उपेन्द्र यादवबारे कडा टिप्पणी गरेका छन् । उनले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले यादवको कार्यशैलीबारे प्रश्न उठाएको प्रसँग उठाउँदै यादवको पछि लाग्नेहरुलाई मूर्खको संज्ञा दिएका छन् । उनले उपेन्द्रसँग लाग्नेहरुले साख, समय र मिशनलाई बर्बाद गरेको पनि कडा टिप्पणी गरेका छन् ।

उनले फेशबुकमा लेखेका छन्-

डा. साहेब, जब जागे तब सवेरा….! आज आएर बल्ल #डाबाबुरामभट्टराई ले जसपाका #उपेन्द्रयादव का बारे चार वटा कुरा खोज्नु भयोः १. उनि क्षेत्रीय कि राष्ट्रिय पार्टी बनाउन चाहन्छन् ? २. उनको गन्तव्य सत्ता हो कि राज्यको रूपान्तरण ? ३. उनको नेतृत्वको शैली एकल, निरंकुश कि सामुहिक नेतृत्व ? र ४. उनले पार्टीको संचालन विधिसंगत ढंगबाट चाहन्छन् कि स्वेच्छाचारी कार्यशैली ?

आज पर्यन्त धेरै मुर्खहरूले समयमै यसको निरूपण तथा उनको पहिचान नगरी उनिसंग लागेर आफ्नो साख, समय र मिशनलाई बर्बाद गरे ! हुनसक्छ कि डा. साहेबको यो खोजी अब उप्रान्त उनिसंग लाग्न चाहनेहरूका लागि पहिल्यै सुल्झाउनु पर्ने बिषय हुन सक्छ।

तर, एक पटकको असह्य, सहनै नसकिने प्रसव वेदनाकालमा “अब फेरी यस्तो किमार्थ नगर्ने” बारम्बार शपथ खाएकी नारीले बेदना कै कारणले अर्को पटक कहाँ त्यो बाटो छोड्दछिन् र? उपेन्द्रसंग लाग्ने, उनलाई सजाउने, मसिहीकरण गरिरहने “सत्ता समर्पण र मुद्दा बिसर्जनवादी” हरूको लामो पंक्ति छ।



प्रतिक्रिया दिनुहोस्