Logo

स्वतन्त्र उम्मेदवारहरूको गठबन्धन जरुरी छैनः फिल्म निर्देशक मनोज पण्डित



काठमाडौं, १९ असार । फिल्म निर्देशक मनोज पण्डितले स्वतन्त्र उम्मेदवारहरुको गठबन्धन गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्वतन्त्र उम्मेदवार घोषणा गरेका पण्डितले भने, “हिजोका स्वतन्त्र उम्मेदवारको भेलामा म गइनँ । किनभने म स्वतन्त्र भइरहन चाहन्छु । उहाँहरु आफ्नो सामथ्र्यले लड्ने भन्दा पनि गठबन्धनबाट अभीष्ट पूरा गर्ने प्रयत्न गरिरहनुभएको छ । समानुपातिक भोट बटुल्ने रणनीतिमा हुनुुहुन्छ ।”
स्वतन्त्रलाई दलको रुपमा हेरिनु नहुने पनि पण्डितले बताए । उनले भने, “आधारभूत कुरा के हो भने स्वतन्त्रलाई दलका रुपमा हेरिनु हुँदैन । जनताले परिवर्तनका लागि कोही आइदियोस् भन्ने चाहेका छन् । स्वतन्त्रको गठबन्धन भनेको अर्ध पार्टीजस्तो भइहाल्यो । पार्टीहरुले पनि गठबन्धन गर्ने स्वतन्त्रहरुले पनि गठबन्धन गर्ने हो भने दलको विकल्प दलै हो भन्ने तथ्य स्थापित हुन्छ । म आफूमाथि विश्वास गरेर काभ्रे क्षेत्र नं २ मा उठ्न लागेको हुँ।”



प्रतिक्रिया दिनुहोस्