Logo

प्रचण्ड र बाबुरामबीचको मिलनबिन्दु तयार हुँदै, कम्युनिस्ट छाडेर समाजवादी केन्द्र



काठमाडौं, १९ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्युनिस्ट सिद्धान्त त्याग्ने भएका छन् । उनले अब समाजवादको बाटोमा जानुपर्ने निष्कर्ष निकाल्दै नयाँ सिद्धान्तका साथ चुनावमा होमिने बुझिएको छ ।

प्रचण्डले आजै समाजवादी केन्द्र निर्माणको औपचारिक प्रस्ताव गरेका छन् । समाजवादी कार्यदिशा भएका पार्टी, शक्ति र व्यक्तिहरुको मोर्चा निर्माण गर्ने राजनीतिक प्रतिवेदन समेत तयार गरेका छन् ।

माओवादीको आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले समाजवादमा जोड दिएका छन् । उनले समाजवादीहरुबीच एकता वा मोर्चा निर्माणको प्रस्ताव गरेका हुन् । यसका लागि खुल्ला छलफल र बहसको प्रस्ताव पनि गरेका छन् ।

डा. बाबुराम भट्टराईले कम्युनिस्ट सिद्धान्त त्यागेर समाजवादलाई एकताको बिन्दु बनाउन प्रस्ताव गरेको केही दिनमै प्रचण्डको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको हो । यसले प्रचण्ड र बाबुरामबीच एकताको सम्भावना बलियो भएको छ । उनीहरुको साथमा उपेन्द्र यादव पनि जानसक्ने देखिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्