Logo

नेकपा ब्युँताउन ‘साविक नेकपा’ का बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा



काठमाडौं, १९ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउने पहल घनीभूत तरिकाले बढेको छ । आज तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु एक ठाउँमा बसेर एकताको पहल भइरहेको सन्देश प्रवाह गरेका छन् ।

नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् । नेकपा एकता अभियानका वामदेव गौतमको पहलमा नेताहरु भेला भएका हुन् ।

प्रचण्डको सचिवालयले भेटवार्तामा राष्ट्रिय राजनीतिक, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली काँग्रेससँगको गठबन्धन, आदिको विषयमा छलफल भएको उल्लेख गरेको छ । नेताहरुले छलफललाई निरन्तरता दिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्