Logo

गगन थापाले मागे अर्थमन्त्री शर्माको राजीनामा, नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भनाई



काठमाडौं, २० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । बजेट निर्माणको क्रममा अनधिकृत मान्छे मन्त्रालय छिराएको र करको दर हेरफेर गरेको आरोप लागेका शर्मामाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राजीनामा मागेको अवस्थामा सत्तारुढ दल कांग्रेसकै सांसद थापाले पनि आज राजीनामा मागेका हुन् ।

आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा पत्रकाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अर्थमन्त्रीको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्नहरू उठेकोले तत्काल राजीनामा दिनुपर्छ । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिएमा प्रधामन्त्रीले पदबाट हटाएर तत्काल छानबिन गर्नुपर्छ ।’

file photo

 



प्रतिक्रिया दिनुहोस्