Logo

एमालेलाई सरकारबाट विस्थापित गर्दा मुलुकले दुर्भाग्य व्यहोर्नुपरेको छ : शंकर पोखरेल



काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान पाँच दलीय गठबन्धन सरकार पूर्ण रूपमा असफल भएको दाबी गरेका छन् । उनले एमालेलाई सरकारबाट विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको पनि टिप्पणी गरे ।

कैलालीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘अहिलेको सरकार असफल भएको छ । पाँच दलीय गठबन्धन असफल भैसकेको छ । अहिले देशको अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि धेरै बढेको छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ ।’

पोखरेलले बजेट बनाउँदा अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्मामात्रै नभएर प्रधानमन्त्रीपनि दोषी रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको संलग्नता नभएको भए अर्थमन्त्री शर्मालाई किन कारबाही गर्न ढिलाई भएको हो ? भन्ने प्रश्न उठाए । त्यस्तै, उनले मुलुकमा एमाले मात्रै वामपन्थी शक्ति रहेको दाबी गरे । उनले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई कम्युनिष्ट दल भन्न नसकिने बताए । file photo



प्रतिक्रिया दिनुहोस्