Logo

अर्थमन्त्री विवाद प्रकरणबारे चौधरी ग्रुप पनि बोल्यो-हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारबाही भोग्न तयार रहनेछन



काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएको प्रकरणमा चौधरी ग्रुपले पनि मुख खोलेको छ। चौधरी ग्रुपका निर्वाण चौधरीले बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो कुरा बाहिर ल्याएका हुन् । उनले लेखेका छन्–‘बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ । धन्यवाद ।”



प्रतिक्रिया दिनुहोस्