Logo

अभियन्ता अञ्जु प्रधानद्वारा गुर्जोलगायतका जडिबुटीका विरुवा निःशुल्क वितरण



काठमाडौं, ७ साउन । निःशुल्क गुर्जो अभियानमा सक्रिय समाजसेवी अञ्जु प्रधान र उनका पति राजेश प्रधानले आज गुर्जोलगायतका नेपाली जडिबुटीका विरुवा निःशुल्क रुपमा वितरण गरेका छन् ।

जीवन विज्ञान अनलाईन, मैतीदेवीद्वारा आयोजित जडीबुटी विरुवा वितरण सेवामा गुर्जो अभियन्ता कमल बहादुर राजलवटका बहिनी अन्जु प्रधान तथा ज्वाँई राजेशमोहन प्रधानले मैतीदेवी मन्दिरमा सहभागी सबैलाई गुर्जोको बेर्नासहित असुरो, पत्थरचट्टा, पारिजात, अश्वगन्धाको बिरुवाहरु वितरण गरेका थिए ।

उक्त कार्यक्रमको आयोजना भने प्रशिक्षक सारु मल्ल तथा मिन्दु पौडेलले गरेका हुन् । पछिल्लो राजलवटका परिवारका सदस्यहरु पनि निःशुल्क गुर्जो अभियानमा सक्रियताका साथ सहभागी हुन थालेका छन् ।



प्रतिक्रिया दिनुहोस्