Logo

सरकार संसद् विघटन गर्ने तयारीमा लागेको महेश बस्नेतको खुलासा (भिडिओसहित)



काठमाडौं, ८ साउन । नेकपा (एमाले) का सांसद महेश बस्नेतले सत्तापक्षले संवैधानिक परिषद्मा बहुमत पुर्याउने नियतले उपसभामुख निर्वाचित गरेको आरोप लगाएका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘हामीले उहाँलाई जुन ढंगले बधाई दिनुपर्ने हो, त्यो दिन सकिरहेका छैनौं ।’ उनले मुलुकमा पछिल्लो समय महँगी बढेको तर सरकार मूल्यवृद्धि नियन्त्रणको लागि उदासिन बनेको आरोप लगाए ।

उनले सरकार अल्पतमा पर्यो भने संसद् विघटन गर्नुपर्छ भन्ने तहसम्म कांग्रेसको नेतृत्वको गठबन्धनले योजना बनाएको सनसनीपूर्ण खुलासा गरे । उनले हिजो केपी शर्मा ओलीलाई लगाएको आरोपको स्मरण गराउँदै आज गठबन्धनका नेताहरुले आकाशतिर फर्केर थुक्दा आफ्नै मुखमा थुक परेकोजस्तो देखिएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्