Logo

अति भयो भन्दै भीमार्जुन आचार्यले गरे नेपाली जनतालाई जाग्न अपिल



काठमाडौं, १० साउन । संविधानविद् डा. भीमार्जुन आचार्यले शासकहरुको कारण देशको हालत खराब भएको भन्दै अब नेपाली जनता जाग्नुपर्ने बताएका छन् । उनले नेपालका शासकजस्ता नालायक, गैरजिम्मेवार र राष्ट्रविरोधी शासक दुनियाँमा अब बाँकी नरहेको पनि टिप्पणी गरेका छन् । नेपालका नेताहरुको ध्यान अब आउने संसद्को समेत अधिकार कटौली हुनेगरि विदेशीलाई नागरिकता बाँड्न केन्द्रित रहेको आचार्यको आरोप छ ।

सामाजिक सञ्जाल फेशबुकमार्फत आचार्यले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्-

आर्थिक वर्ष ०७८/०७९ मा हामीले बिभिन्न देशबाट १९ खर्ब २० अर्ब अर्थात हाम्रो बजेट भन्दा बढीको सामान आयात गरेका रहेछौ । जसमध्ये भारतबाट मात्र १२ खर्ब भन्दा बढीको सामान आयात गरिएको रहेछ। यसबाट भारतसॅग मात्र हाम्रो ब्यापार घाटा साढे १० खर्ब जतिको छ। देशको बजेट भन्दा बढी ब्यापार घाटा र वैदेशिक ऋण हाम्रो छ । आन्तरिक खर्चको कुरा गर्दा बजेटको सबैजसो हिस्सा साधारण खर्चमै सकिन्छ। संघ र स्थानीय तहको भन्दा कुनै पनि नौलो कार्यक्षेत्र नभएको र कहिकतैबाट औचित्य सिद्ध गर्न नसकेको प्रदेशको खर्च मात्र बर्षेनी ३ खर्ब जतिकोछ। देशको हालत यस्तो छ । तर, सरकार, संसद् र प्रतिपक्षको किल्लामा यी कुराको उच्चारण सम्म पनि हुंदैन। उनीहरूको ध्यान चुनावको मुखमा पछि आउने संसद्को समेत अधिकार कटौती हुने गरि विदेशीलाई नागरिकता बाड्न केन्द्रित छ। शायद् यो हदसम्मका नलायक, गैरजिम्मेवार र राष्ट्र बिरोधी शासक दुनियॅामा अब बॅाकी छैनन होला । कोही बॅाकी रहेका पनि हालसालै भागीसके। हामी नेपाली अब जागौं ! अति भयो !



प्रतिक्रिया दिनुहोस्