Logo

जनार्दन शर्मामाथिको छानबिन समितिले भोलिदेखि प्रतिवेदन लेख्ने



काठमाडौं, १० साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनको लागि गठित संसदीय विशेष समितिले भोलिदेखि प्रतिवेदन लेख्ने भएको छ। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएको अभियोग लागेपछि शर्माले राजीनामा दिएका थिए ।

उक्त प्रकरणमा समितिले छानबिनको काम सकिसकेको र सहमतिमै प्रतिवेदन लेखिने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । समितिले आज नेपाल प्रहरीको विधि बिज्ञान प्रयोगशालाले रिकभर गरि पठाएको सीसीटीभी फुटेज हेरेर त्यसबारे फरेन्सिक विज्ञसँग पनि छलफल गरेको थियो । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्