Logo

अप्ठ्यारोको बावजुद पनि विद्यार्थीले राम्रो नतिजा हाँसिल गरेका छन् : अध्यक्ष ढुंगाना



काठमाडौं, १२ साउन । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले एस.इ.ईको नतिजालाई राम्रो रुपमा लिनुपर्ने बताए । उनले भने,‘परीक्षा जीवनमा धेरैपटक हुन्छ । एस.इ.ई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई छ, तपाईँहरुको आउने दिन उज्जवल रहोस ।’

एस.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । विश्वमा जस्तै कोभिडको महामारीमा नेपालको शिक्षा पनि परेको उल्लेख गर्दै अहिले एस.इ.ईको नतिजा राम्रै रहेको उनको भनाई छ ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित उनले भने,‘आजको मितिमा हामीले कुरा गर्दा, अहिले पनि कतिपय ठाउँमा सहजताको बीचमा पाठ्यपुस्तक नपुगेको अवस्था छ । यो अप्ठ्यारो परिस्थितिको बीचमा विद्यार्थील हाँसिल गरेको नतिजा राम्रो छ । परीक्षाको प्रणाली सुधार गर्नुपर्छ । विद्यार्थीहरुको पठन संस्कृति बढाउनुपर्छ । पाठ्यक्रममा निरन्तर सुधार हुँदै मूल प्रवाहलाई कता मिश गरेका छौं । यसमा घोत्लिनुपर्छ ।’

उनले विद्यार्थीको पढाईलाई जनजीवनसँग जोडेर हेर्नुपर्ने बताए । उनले भने,‘विदेश जाने विद्यार्थीको संख्या ठूलो छ । ब्रेन र मसल ड्रेन भएको छ । हामीले विद्यार्थीलाई स्वदेशमै कसरी आकर्षित गर्न सक्छौं भन्ने चूनौति छ । आउने दशक हामी अप्ठ्यारो परिस्थितिमा जाने छौं । उच्च शिक्षामा नेपालमै विद्यार्थी बस्ने वातावरण बनाउनुपर्छ । कोभिडको बीचमा जुन त्रास र भयको बीचमा विद्यार्थीले अध्ययन गरेर पनि त्यसको बावजुद प्राप्त गरेको परीणाम राम्रो छ । म हतोत्साही छैन् ।’



प्रतिक्रिया दिनुहोस्