Logo

हाम्रोमा जब–ओरिएण्टेड शिक्षा छ, शिक्षाको लाईन ठीक हुनुपर्यो : प्रा. डा. ज्ञवाली



काठमाडौं, १२ साउन । शिक्षाविद् एवम् काठमडौं विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले पनि शिक्षा प्रणाली सुधारमा जोड दिएका छन् । स.इ.इको नतिजा आएको भोलिपल्ट आज (बिहीबार) आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘अहिले यहाँ हामी कहाँ चुक्यौं ? भन्ने कुरा आयो । पहिलो कुरा त शिक्षाको गुणस्तर के हो भनेर हामीले हेर्नुपर्छ । ग्रेडको आधारमा शिक्षा मापन गर्न मिल्दैन् । तथ्यांकमा हेर्दा राम्रो रिजल्ट छ । यो वैज्ञानिक रुपमा त्यो ठीकै छ ।’

उनले गएको २ वर्षको कुरा गर्दा (२०२० को मार्चदेखि अहिलेसम्म) अहिलेको रिजल्ट नराम्रो मान्न आवश्यक नभएको जिकिर गरे । उनले भने,‘हामी कहाँ चुकेको भन्ने हेर्दा हामीले कुन शिक्षालाई टार्गेट गरेको हो ? त्यो हेर्नुपर्छ । हाम्रोमा जब–ओरिएण्टेड शिक्षा छ । शिक्षाको लाईन ठीक हुनुपर्यो । उत्पादनशील मान्छे निकाल्न चाहेको हो भने हामी चुकेको छौं । यो शिक्षाको संरचना अर्के रुपमा भएको थियो । माटो सुहाउँदो शिक्षा दिन हामी चुकेका छौं ।’



प्रतिक्रिया दिनुहोस्