Logo

अमेरिकी सहायक विदेशमन्त्री भेट्नुअघि देउवासँग प्रचण्डको भेट हुँदै



काठमाडौं, १३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भेटवार्तामा चुनावको मिति घोषणाबारे छलफल हुने जनाईएको छ ।

अहिले माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सो बैठकलगत्तै दाहाल बालुवाटार जाने एक नेताले जनाए । हिजोमात्रै प्रचण्डले आफूले आग्रह गरेर नै प्रधानमन्त्री देउवाले चुनावको मिति घोषणा नगरेको भन्दै आज/भोलिभित्रै निर्वाचनको मिति घोषणा गरिने खुलासा गरेका थिए ।

प्रधानमन्त्री देउवाले आजै अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँग पनि भेटवार्ता गर्ने तय भएको छ । लुसँग भेट्नुअघि दाहालले प्रधानमन्त्री देउवासँग भेट्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्