Logo

‘अमेरिकी अधिकारीहरुको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ, एसपिपी लागु गर्न अमेरिकाबाट दबाब आएको छैन्’ : मन्त्री श्रेष्ठ



काठमाडौं, १३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि महत्वपूर्ण काम भएको दाबी गरेका छन् । उनले भने,‘हाम्रो मन्त्रालय विशेषगरि दुइ पिल्लरमा उभिएको छ, पहिलो संघीय मामिला, दोस्रो भनेको मानव संशाधन विकास, यी दुवै पिल्लरमा राम्रा काम भएका छन् ।’उनले आफूमाथि राजनीतिक पूवाग्रह राखेर गलत आरोप लगाईएको पनि स्पष्ट पारे । सामान्यको सरुवामा लाखौं रुपैयाँको चलखेल भएको भनेर उनको नाम जोडेर समाचार आएपछि मन्त्री श्रेष्ठले यस्तो टिप्पणी गरेका हुन् ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको नेतृत्व गरेपछि भएका कामको फेहरिस्त पनि सुनाए । उनले भने,‘मैले जिम्मेवारी सम्हालेपछि तीन÷चार वटा काम गरें । संघीय निजामती ऐन अघि बढाएको छु । त्यो अर्थमन्त्रालयमा स्विकृतको लागि गएको छ । दोस्रो काम हामीले संघीय मामिला प्रशिक्षण प्रतिष्ठान भनेर एउटा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण प्रतिष्ठान पनि बनाउँदैछौं । त्यो अन्तर्राष्ट्रिष्यस्तरको प्रतिष्ठानले संघीयताको बारेमा अध्ययन तथा अनुशन्धान गर्ने काम गर्छ । यसले नेपालको संघीयताको मोडेलको विश्वमा प्रचार गर्नेछ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले उक्त प्रतिष्ठानले स्थानीय, प्रदेश र संघका कर्मचारीलाई पनि प्रशिक्षण दिने सुनाए । उनले भने,‘त्यो प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय रूपमा पनि पपुलर गर्नको लागि फोरम अफ फेडेरेशनसँगको आवद्धताको लागि मन्त्रिपरिषस्तीय निर्णय गरेर अघि बढेका छौं । चौथो काम भनेको विशेष संरचना खासगरी संविधानको धारा ५६ को ५ र २९५ ले व्यवस्था गरेअनुसार स्वायत्त, संरक्षित र विशेष क्षेत्र रहेको विशेष संरचनाको निर्माणका लागि निर्णय गरेर पठाएका छौं । संघीय मामिलासबन्धी कामलाई व्यवस्थित् गरेर पठाएका छों । यो काम गर्न सक्यौं भने ठूलो उपलब्धि हुनेछ ।’

त्यस्तै, उनले सामान्य प्रशासनसम्बन्धी पनि धेरै महत्वपूर्ण काम भएको सुनाए । उनले भने,‘बडो सूव्यवस्थित् रुपमा अघि बढाउनको लागि कर्मचारीतन्त्रलाई नयाँ ढंगले पूनसंरचना गर्न चाहेका छौं । त्यसभित्र संघीयतामात्रै होईन सुशासन र समृद्धिलाई अघि बढाृउन चाहेका छौं । यो एउटा ऐतिहासिक ढंगले काम हुँदैछ, हामीले कर्मचारीमैत्री ऐनको व्यवस्था गरेर अघि बढ्ने जमर्को गरेका छौं । कर्मचारीतन्त्र अघि बढाउने कुरामा पूरानो मानसिकता पनि देखिन्छ । सुरुवा भएको हुँदैन्, बाहिर अनेकौं समाचार आउँछ, विचलौयिा हुन्छ । हरेक हिसाबले आक्षेप लगाउने गर्दछन् । स्थानीय तहको निर्वाचन घोषणा गरेपछि चैत्र १५ गतेदेखि हामीले निर्वाचन अवधिभित्रर सरुवा भएन । निर्वाचनको परिणाम आउँदापनि सरुवा भएन । कर्मचारीहरु पनि नेताहरुको माध्यमबाट आए । सरुवा नहुँदा चलखेल भयो होला भनेर लाञ्छना लगाउने काम पनि भयो । हामीले चलखेलको ढोका बन्द गरिदिएपछि, तिनीहरु हायलकायल भएर अनेकौं किसिमको गलत प्रचार गरे । आफ्नो टाउको फुटेपछि मितको टाउको बेलैसरी भन्ने उखान छ नि, अहिले त्यही भएको छ । हाम्रो पार्टी त विभाजन भयो । नेपाल समाजवादी पार्टी भनेर नयाँ दल दर्ता भयो । आँफै कथा बनाउने काम भयो । साहित्यकारले जस्तो कथा लेखेर अनलाईनमा लेखियो । उनीहरुले ट्विट नै लेख्छन् । पार्टीमा वैचारिक र राजनीतिक बहस गर्ने कुरामा पछि पर्छन् अनि आक्षेप लगाएर आफ्नो पार्टी बनाउन सकिन्छ कि भनेर कुनियतले प्रचार पनि गर्छन् ।’

उनले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नाम नलिई उनको आलोचना गरेका थिए । उनले भने,‘कतिपय पत्रकारिता पनि मिशन पत्रकारिता हुँदो रहेछ क्या । मिशनको लागि जे मन लाग्यो, त्यो लेखिदिने । स्रोतको हबला दिएर समाचार लेख्ने काम भैरहेको छ, प्रमाण र आधार चाहिँदैन् । चलखेल त्यसरी गर्दौ रहेछ क्या । पत्रकारिताको आफ्नो धर्म हुन्छ । नम्र्स हुन्छ। त्यो मूल्य र मान्यतालाई ध्यानमा राख्नुपर्छ । सही र गलतको छानबिन गर्नुपर्छ । जसले राम्रो ढंगले काम गर्छ, त्यसलाई अट्याक गर्छन् । प्रम भैसकेका मान्छेल पनि राजनीतिक पूर्वाहग्रह भएर टिप्पणी गरेको देखियो । त्यस्ता ट्विटले मलाई त उर्जा नै प्राप्त हुन्छ । गलत काम नै भएको छैन् । त्यसबारेमा हामीले डराउनुपर्ने स्थिति छैन् ।’

मन्त्रीको कामको आलोचना वा टिकाटिप्पणी हुन्छ भने त्यसलाई आफूले उर्जाको रुपमा लिएको पनि उनको भनाई छ । उनले भने,‘मैले गरेको कामको बारेमा गर्वको साथ भन्छु । प्रशासनयन्त्रलाई सुशासन र समृद्धिको दिशामा लैजानको लागि म्यानेजमेन्ट अडिट गरेको छु । सेवाग्रहीको गुनासो सुनेको छु । अझै राम्रो ढगले काम गर्ने वातावरण बन्छ ।’

उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने स्पष्ट पारे । उनले भने,‘हामी अहिले गठबन्धनमै छौं । भोलिको निर्वाचनसम्म गठबन्धन अघि बढाउने कुरा गरेका छौं । एमालेसँग गठबन्धनको सम्भावना छैन् । यही पाँच दलीय गठबन्धनलाई अघि बढाउने कुरा हो । हामीले यसलाई सौहार्दपूर्ण रुपमा अघि बढाउने जमर्को गरेका छौं ।’

उनले जसपा विभाजनले आफूहरुलाई ठूलो असर पार्ने स्थिति नभएको जिकिर गरे । उनले भने,‘हाम्रो पार्टी जुन ढंगले अघि बढेको छ । यो मूलधारको रुपमा अघि बढेको छ । हिमाल, पहाड र तराईको प्रतिनिधित्व भएको पार्टीको रुपमा अघि बढेको छ । हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर छ । नयाँ पार्टी गठन गर्नेलाई हातेमालो गरेर सहमतिमै छुट्छौं भनेका छौं । भोलि पनि मिलेर जान सक्छौं । वैचारिक राजनीतिक रुपमा ठिक ढंगले मेहनत गर्छौं । अर्को पार्टी गठन गर्नुको पर्याप्त कारण छैन् । अधिकांश कार्यकर्ता हामीसँगै छन् । निर्वाचनसम्म अहिलेको क्षति पूर्ति गर्छौं ।’

उनले वर्तमान सरकारलाई असफल भयो भनेर भन्नु राजनीतिक पूर्वाग्रह मात्रै भएको बताए । उनले भने,‘यो त राजनीतिक आग्रह र पूर्वाग्रहले भनेको हो नि, मिशन पत्रकारिता गर्नेहरुले र मिशन बोकेर हिँडेका नेताहरुले पूर्वाग्रह राखेका छन् । यहाँ आँफै कथा बनाउने, आफू निकटका अनलाईनलाई दिने अनि समाचार आएपछि त्यसलाई आँफै पहिले ट्विट गर्ने काम भएको छ ।’ उनले आफूले पार्टी र सरकार दुवै मोर्चामा देशको हितमा हुनेगरि काम गरेको जिकिर गरे ।

उनले बाबुरामको नामै नलिईकन उनलाई वैचारिक दरिद्रता भएको नेताको संज्ञा दिए । उनले भने,‘देशलाई निकास दिनको लागि मैले भूमिका खेलेको छु । ममाथि झटारो हान्ने प्रयत्न भयो ।’ उनले परराष्ट्र मन्त्रालयले एसपिपी अस्विकार गर्ने भनेर अमेरिकी सरकारलाई पत्राचार गरिसकेको पनि जनाए । उनले भने,‘अमेरिकी अधिकारीहरुको भ्रमणलाई सकारात्मक रुपमा लिनुपर्छ । कुटनीतिज्ञहरुको भ्रमणले द्धिपक्षीय सम्बन्ध सुधार हुन्छ । भ्रमणलाई सुशासन, समृद्धि र विकासको पक्षमा उपयोग गर्ने हो । एसपिपी लागु गर्न अमेरिकाबाट दबाब आएको छैन् ।’



प्रतिक्रिया दिनुहोस्