Logo

महेश बस्नेतले भने–यो भ्रष्टाचारी सरकारलाई साउन १६ गते हामी एक धक्का हान्नेछौं (भिडिओसहित)



काठमाडौं, १४ साउन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले एमालेले देशमा विद्यमान महँगी र भ्रष्टाचारको विरोधमा आगामी साउन १६ गते वसन्तपुरमा विशाल शक्ति प्रदर्शन गर्ने बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले युवा संघको बैठकमा जिल्ला जिल्लाबाट काठमाडौं आएका युवाहरुलाई वर्तमान सरकारलाई एक धक्का हानेरमात्रै जिल्ला जान आग्रह गरेका छन् । उनले यो गठबन्धनलाई आगामी निर्वाचनमा हिसाबकिताब देखाईदिने चेतावनी दिए । उनले युवा संघका नेता तथा कार्यकर्ताहरुलाई संगठन निर्माणमा व्यापक सक्रियताका साथ काम गर्न निर्देशन दिएका छन् ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्