Logo

प्रचण्डको अन्तिम इच्छाः चुनावपछि प्रधानमन्त्री बनेर सम्झनलायक काम गर्ने



काठमाडौं, १४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७० को नजिक पुगेका छन् । उनले आफ्नो उमेरको महशुश गर्दै नयाँ पीढीले पुरानो पुस्तालाई विस्थापित गर्न खोजेको विषयबारे व्याख्या गरे ।

माओवादीको बागमती प्रदेशस्तरीय प्रशिक्षणमा बोल्दै प्रचण्डले एकपटक प्रधानमन्त्री बन्ने र सम्झनलायक काम गर्ने अन्तिम इच्छा सुनाए । उनले आफूले राजनीतिको लाष्ट इनिङ हुने उल्लेख गर्दै भने, ‘यो लास्ट इनिङ पछिसम्म सम्झनेगरी देशलाई केही चिज दिने सपना मैले राखिराखेको छु ।’

चुनावपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत थियो । सत्ता गठबन्धन गरेरै चुनावमा जाने र माओवादी दोस्रो पार्टी हुने उनको ठोकुवा थियो । चुनावपछि आफू प्रधानमन्त्री बन्ने प्रचण्डको संकेत थियो । उनले भने, ‘हामी त्यसरी जाँदा देशको बागडोर हाम्रै हातमा आउँछ । हामीले एकचोटी देशलाई कसरी विकास, सुशासन र समृद्ध गर्ने देखाउनुपर्छ ।’

प्रचण्डले एकथरी मान्छेहरु आजभोलि बूढाहरु, प्रौढहरु चाहिंदैन, हामी केटाकेटी मात्रै भए पुग्छ भन्याजस्तो गरी आउन थालेको बताउँदै भने, ‘यो समाज भत्काउने विचार हो ।’



प्रतिक्रिया दिनुहोस्