Logo

सुधिर बस्नेतले रकम फिर्ता नगरे आन्दोलन गर्ने बहुल राष्ट्र मोर्चा र मगरात संघर्ष समितिको चेतावनी



काठमाडौं, १६ साउन । बहुल राष्ट्र मोर्चा र मगरात संघर्ष समितिले जनतालाई ठग्ने सुधीर बस्नेतले पीडितलाई लगानी फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सुधिर बस्नेत र उनीसँग सहकार्य गर्ने सबैले पीडितको लगानी फिर्ता गर्नुपर्ने माग गरेको हो ।

संघर्ष समितिले देशमा नेपाली जनताको चाहानाविपरित राजनैतिक खिचातानी, अराजकता, लुटतन्त्र र मनपरीतन्त्रको राज बढेको आरोप लगाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बहुल राष्ट्र मोर्चा र मगरात संघर्ष समितिका संयोजक राम मगरले नयाँ संविधान निर्माणसँगै नयाँ नेपालको परिकल्पना जनताले गरेपनि त्यस्तो हुन नसकेको टिप्पणी गरे । उनले एनआईसी एशिया बैंक र बस्नेत दुवै पक्षबाट पीडितले न्याय पाउन भन्नको लागि कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

उनले बस्नेतबाट पीडितहरुले आफुलाई धेरैपटक समस्या सुनाएको स्मरण गराउँदै अब पीडितलाई न्याय दिलाउन आफु अघि बढेको सुनाए । मगरले जनतालाई सेवा दिने बैंकहरु नै अहिले माफियातन्त्रको रुपमा अघि बढेर ठग्ने र लुट्ने काममा सक्रिय भएको आरोप लगाए ।
उनले जनताको दैनिक जीवनसँग जोडिएका विषयमा पनि बहुल राष्ट्र मोर्चाले अब आवाज उठाउन सुरु गरेको जानकारी दिए ।

संघर्ष समितिले जारी गरेको विज्ञप्तीमा एनआईसी एसिया बैंकले बस्नेतलाई पीडित बनाएको समेत उल्लेख गरिएको छ । बस्नेतलाई बैंकले पीडित बनाएको भन्दै संघर्ष समितिले बस्नेतले बैंकलाई पैसा तिर्ने र बैंकले जग्गा फिर्ता गर्ने र दुवै पक्षले पीडितलाई लगानी फिर्ता गर्नुपर्ने माग गरेको छ । संघर्ष समितिले आफ्नो आवाजलाई नसुनेमा कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्