Logo

“गठबन्धन टुंग्याउने बेला भएको छैन, चुनाव घोषणा नहुञ्जेल यसै भन्न पनि सकिँदैन” : केशब झा (भिडिओसहित)



काठमाडौं, १८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का नेता केशव झाले आफ्नो पार्टीलाई सरकारमा जान कुनै समस्या नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “वर्तमान सरकारदेखि नै लोसपा जाने विषय चर्चामा छ । भरखरै नागरिकता विधेयक पारित भएकाले सरकारमा जाने अनुकूल वातावरण बनेको छ । हाम्रा तर्फबाट कुनै अप्ठ्यारो छैन । कसरी मिलाउने हो, त्यो प्रधानमन्त्रीजीको कुरा हो ।”

्शरदसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने चर्चा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “सरकारमा को(को जाने विषयमा पार्टीमा छलफल भएको छैन । तर प्रतिनिधिसभामा १३ जना र राष्ट्रिय सभामा १ जनामध्ये हुन सक्नुहुन्छ । प्रतिनिधिसभाको कुरा गर्दा शरदसिंह भण्डारी र अनिल झाको पनि सम्भावना हुन सक्छ । यस विषयमा पार्टी अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच कुराकानी भइरहेको छ ।”

सरकारमा जाने निश्चित भएपछि गठबन्धन पनि हुने उनले औंल्याए । झाले थपे, “गठबन्धनका बेला टुंग्याउने बेला भएको छैन । चुनाव घोषणा नहुन्जेल यसै भन्न पनि सकिँदैन । तमाम सम्भावना छन् । तर सरकारमा जाने भएपछि गठबन्धनमा नजाने भन्ने हुँदैन । रेस्लिङमा विपक्षमा पाँच जना आए भने एक्लै लड्छु भन्नु आत्महत्याजस्तै हो । एकातिर गठबन्धन गर्दा अर्कोतिर पनि गठबन्धन गरेर जानु नै बुद्धिमत्ता हुन्छ ।

जनता समाजवादी पार्टीसँग तत्काल सहकार्य नहुने पनि झाले बताए । उनले भने, “जसपासँग हामी भरखरै छुट्टिएका हौं । हामीबीच तत्काल सहकार्य हुने स्थिति छैन । उपेन्द्र यादवजीको विचित्र कार्यशैली छ । प्रतिकूल हुँदा सहयोग लिने अनि अनुकूल भएपछि सबैलाई दुःख दिने । अहिले जसपाभित्र विभिन्न पक्ष सक्रिय छ । उहाँहरु मिलेर अघि बढेमा तालमेल र सहकार्यको सम्भावना छ ।”



प्रतिक्रिया दिनुहोस्