Logo

चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनैपनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ : प्रचण्ड



काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनैपनि गतिविधिप्रति आफूहरुको विरोध रहने बताएका छन् । दाहालको सचिवालयले आज धारणा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

पछिल्लो समय ताइवानमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले भ्रमण गरेपछि चीन आक्रामक बनेको छ । चीनले पेलासीको भ्रमणलाई चीनको सार्वभौमसत्तामाथिको धावा बोलेको भनेको छ। अहिले चीनले ताइवानका विभिन्न क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको छ ।

दाहालको सचिवालयले भनेको छ-ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नितिप्रती प्रष्ट छ। चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रती हाम्रो विरोध रहन्छ।- अध्यक्ष कमरेडको सचिवालय



प्रतिक्रिया दिनुहोस्