Logo

नवगठित नेपाल समाजवादी पार्टीको अध्यक्षमा भट्टराई र यादव चयन, संघीय परिषद् अध्यक्ष पद खाली



काठमाडौं, २१ साउन । नवगठित नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र पूर्वमन्त्री महिन्द्रराय यादव चयन भएका छन् । पार्टीको आज (शनिबार) बसेको बैठकले केन्द्रीय समितिको अध्यक्षमा भट्टराई र यादवलाई चयन गरेको एक नेताले जनाए । यस्तै, संघीय परिषद् अध्यक्ष पद भने खाली राखिएको छ । जसपामा हुँदा भट्टराई संघीय परिषद् अध्यक्ष थिए ।

यस्तै, पार्टीको सहअध्यक्षमा गंगानारायण श्रेष्ठ, महासचिवमा रमेश यादव, र उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरेको छ । तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्