Logo

एक झोला तरकारी किन्न अब एक झोला पैसा लिएर जानुपर्ने अवस्था आउनसक्छ : सांसद चौधरी (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेकपा (एमाले) की सांसद शान्ता चौधरीले अहिले बजार भाउ अत्यधिक महँगो भएको टिप्पणी गरेकी छिन् ।

महँगी यस्तै कायम रहे अब एक झोला तरकारी किन्न एक झोला पैसाल लिएर जानुपर्ने अवस्था पनि आउनसक्ने टिप्पणी गरिन् ।

आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो बताएकी हुन् ।

उनले महँगीले अब गरिबको घरमा चुल्हो बल्न नसक्ने अवस्था आउने र भोकमरी पनि आउनसक्नेतर्फ सरकारलाई सचेत गराईन् ।

उनले किसान पनि अहिले ठूलो मारमा रहेको बताईन् । उनले सरकार दलाल पुँजीवादको साक्षी बसेको आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्