Logo

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव पास गर्नुको विकल्प छैन् : दुर्गा पौडेल (भिडिओसहित)



काठमाडौं, २२ साउन । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाभियोग प्रस्ताव पारित गरेर जानुपर्नेमा जोड दिएकी छिन् । आजबाट संसद्मा प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल सुरु भएको छ ।

उक्त छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएकी हुन् । उनले महाभियोग प्रस्ताव पास गर्नपनि माग गरिन् । उनले भनिन्,‘हामीले यो प्रस्ताव पास गरेनौं भने भोलि विहान यसले न्यायपालिका भ्रष्टको अखडा बनोस, न्यायपालिका बेथितिहरुको अखडा बनोस, त्यो स्थितिमा जाओस भन्नको लागि मात्रै यसलाई फेल गर्नुपर्छ भन्ने हो । अन्यथा, यसलाई पास गरेर जानुको विकल्प छैन् ।’



प्रतिक्रिया दिनुहोस्