Logo

जनताले संघीयता फेला नपारेको गोकुल बाँस्कोटाको गुनासो, संघीयतामाथि संसद्मै उठाए प्रश्न (भिडिओसहित)



काठमाडौं, २२ साउन । नेकपा (एमाले) का सांसद गोकुलप्रसाद बाँस्कोटाले जनताले संघीयता फेला नपारेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘संघीयता जनताले फेला पारेका छैनन् । प्रदेश पनि फेला पारेका छैनन् । स्थानीय तहमा कर्मचारी छैनन् । पुलिसलाई भन्ने हो भने ८–९ सय सांसद र जनप्रतिनिधिहरुको सुरक्षामा खटिएको छ । जनता असुरक्षित पनि छन् ।’

उनले संघीयताको बारेमा प्रश्न उठायो भने कान झिकिदिन्छु भनेर पनि संसद्मा भनिएको प्रसंग उठाए । उनले भने,‘संघीयताको बारेमा कुरा उठायो र प्रश्न उठायो भने आँखा फुटाईदिन्छु भन्ने कुरा पनि सुनियो यहाँ, राज्यका निकायहरु के को लागि बन्छन् भन्दा जनतालाई सेवा तथा सुविधा दिनको लागि बन्छन् । मुलुकलाई सुशासन दिन । कसैले पनि समावेशिताको विरोध गरेका छैनन् । तर, संघीयताको बारेमा कुरा गर्दा आन्दोलनमा पनि नउठेको, आन्दोलनकारीको पनि माग नभएको, ल्याउनेलाई थाहा पनि नभएको, उपभोग गर्नेलाई पनि किन उपभोग गरिएको हो भनेर थाहा नभएको ।’



प्रतिक्रिया दिनुहोस्