Logo

साईकल खरिद घोटालाको विषय उठाउँदै मुख्यमन्त्री राउतलाई बर्खास्त गर्न माग



जनकपुरधाम, २२ साउन । लोकतान्त्रिक विद्यार्थी संघ, मधेश प्रदेश समितिले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई बर्खास्त गर्न माग गरेको छ । उक्त संगठनले आज (आइतबार) सभामुखलाई सो माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

मधेश प्रदेशसभाका सभामुख सरोज यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक विद्यार्थी युनियन मधेश प्रदेश समितिका अध्यक्ष मिथलेश यादवको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउँदै मुख्यमन्त्री राउतको बर्खास्तीको माग गरेको हो । ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भएको अनियमितता प्रकरणमा मुख्यमन्त्री राउतको संलग्नता रहेको भन्दै उनको बर्खास्तीको माग गरिएको हो ।

उक्त संगठनले मुख्यमन्त्री राउतले प्रदेशसभामा बस्ने नैतिक अधिकार गुमाइसकेको निश्कर्ष निकालेको छ । ज्ञापनपत्र बुझाउन विद्यार्थी युनियनका प्रदेश कमिटी अध्यक्ष मिथलेश यादवको नेतृत्वमा केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेशस्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला सचिव सिद्धार्थ चौधरी लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा, जिल्ला विद्यार्थी नेता उमेश दासलगायत सभामुखसमक्ष पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्